
बाग्लुङ । बाग्लुङदेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
२०७१ सालदेखि निर्माण सुरु भएको आयोजनाअन्तर्गत मालढुंगा हुँदै गुल्मीको रिडिसम्मको सडकको काम नेपाली सेनाले गत वर्ष नै सम्पन्न गरेको हो । नाका खोलेसँगै यातायातका साधन आवतजावत सञ्चालनमा आइसकेका छन् ।
यो राष्ट्रिय गौरवको आयोजना भएको र उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने दुर्त मार्ग भएकाले तथा ठूला भीर, कडा चट्टान भएकाले स्तरोन्तिका लागि सरकारले नेपाली सेनालाई जिम्मा दिएको हो ।
सेनाले जिम्मा लिएपछि मालढुंगादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडकलाई १० मिटर चौडा गराउने काम अन्तिम चरणमा पुगेको हो ।
यो सडक निर्माण सम्पन्न भएसँगै आर्थिक विनियोजन भए बलेवादेखि पालुङखोलासम्म र गुल्मीको अर्वेनिदेखि पालुङ खोलासम्मको निर्माणको काम सुरु गरिने निर्माण कार्यदल प्रमुख ईन्जिनियर रेशराज भट्टराईले बताए ।
यो सडक सम्पन्न भएपछि मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, गुल्मी, स्याङ्जा, पाल्पा र वुटवलका नागरिकलाई सहज हुने छ ।
प्रतिक्रिया दिनुहोस्