प्रदेश २ मा ५९ जना संक्रमित थपिए • Image Khabar Image Khabar


प्रदेश २ मा ५९ जना संक्रमित थपिए


Imagekhabar
१४ कार्तिक २०७७, शुक्रबार १७:५४

प्रदेश २ मा ५९ जना संक्रमित थपिए

जनकपुर, कात्तिक १४ । प्रदेश २ मा थप ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

थप हुनेमा ११ महिला र ४८ जना पुरुष रहेका छन् ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ५ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सिरहामा १५, धनुषामा १३, सप्तरीमा ११, पर्सामा ८, महोत्तरीमा ६, बारामा ५ र रौतहटमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै शुक्रबार प्रदेश २ मा ४ सय ४८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

यससँगै निको हुनेको संख्या १४ हजार १ सय ४६ पुगेको छ ।

कोरोना संक्रमणबाट हालसम्म प्रदेश २ मा १ सय ६७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्