
काठमाडौं, साउन ३ । गएको आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १२ खर्बमाथि पुगेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गएको जेठ महिनासम्मको आर्थिक स्थितिमा १३ खर्ब बराबर आयात हुँदा ८७ अर्ब रुपैयाँ बराबरमात्र निर्यात गर्न सक्दा व्यापार घाटा १२ खर्ब १२ अर्ब बराबर पुगेको जनाइएको हो ।
समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भइ दुई खर्ब ४८ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो घाटा दुई खर्ब १० अर्ब २४ करोड रहेको थियो ।
शोधनान्तर घाटा पनि बढेर ९० अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा शोधनान्तर घाटा चार अर्ब ३४ करोड रहेको थियो ।
१०औं महिना वैशाखसम्म पनि शोधनान्तर घाटा ६८ अर्ब २० करोड रहेको थियो ।
यस अवधिमा मूल्यवृद्धि पनि लक्षित सीमाभन्दामाथि पुगेको पाइएको छ ।
यस अवधिमा मूल्यवृद्धि ६.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यसै अवधिमा उपभोक्ता मुद्रास्फिति ४.१ प्रतिशत रहेको थियो ।
वैशाख महिनासम्म पनि मूल्यवृद्धि ५.३ प्रतिशतमा सीमित थियो ।
प्रतिक्रिया दिनुहोस्