३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


क्योएनिमा आगजनीः प्रधानमन्त्री ओलीद्वारा समवेदना


0
Shares

काठमाडौं, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको क्योटोस्थित एनिमेसन स्टुुडियो क्योएनिमा भएको आगजनीमा निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गरेका छन् ।

जापानका प्रधानमन्त्री सिन्जो आबेलाई शुक्रबार एक शोकसन्देश पठाउँदै प्रधानमन्त्री ओलीले मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

कला र सिर्जनाको लोकप्रियस्थल क्योएनिमा भएको अमानवीय आक्रमणबाट आफू स्तब्ध एवं चकित भएको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले दोषीलाई कानुनको कठघरामा उभ्याइनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

क्योएनिमा बिहीबार बिहान भएको आगजनीमा परी ३३ जनाको मृत्युुु हुुनुका साथै ३६ जना घाइते भएका थिए । रासस