
काठमाडौं, साउन ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा संवैधानिक र राजनीतिक पूर्वाधारहरुको निर्माण भएपनि विकासको पूर्वाधार बन्न नसकेको बताएका छन् ।
शुक्रबार राजधानीमा नेपाल इन्जिनियरिङ एसोसिएसनको ५७औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले संविधानले परिवर्तनका सम्पूर्ण ढोका खोलिसकेकाले अब राष्ट्रिय लक्ष्य हासिल गर्न सबै दृढ प्रतिज्ञाका साथ लाग्नुपर्ने बताए ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विकास निर्माणका कामको गुणस्तरमाथि प्रश्न उठ्ने अवस्था आउन नदिनेगरी काम गर्न आग्रह गरे ।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले एक दशकभित्रै सरकारले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भन्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्ने दिशातर्फ जोडतोडका साथ लागेको बताए ।
सो अवसरमा विकास निर्माणमा आफ्नो क्षमता प्रस्तुत् गर्दै उत्कृष्ट काम गर्ने इन्जिनियरहरुलाई सम्मान गरिएको थियोे ।
प्रतिक्रिया दिनुहोस्