
धनगढीस्थित सेती प्रादेशिक अस्पताल । फाइल तस्वीर ।
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– २ की ५७ वर्षिया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।
निमोनिया भएर अस्पताल आएकी महिलामा गत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्