
कञ्चनपुर, साउन ३ । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका केही वडामा आर्सेनिकको उच्च जोखिम देखिएको छ ।
४, ५ र ६ वडाको पानीमा आर्सेनिकको मात्रा उच्च देखिएको हो । सबैभन्दा बढी वडा नम्बर ४ मा आर्सेनिकयुक्त पानी भेटिएको छ ।
आर्सेनिकको मात्रा बढी देखिएपछि गाउँपालिकाले अति विपन्न परिवारलाई फिल्टर वितरण गरेको छ । गाउँपालिकाले ३ सय ८७ विपन्न परिवारलाई फिल्टर वितरण गरेको लालझाँडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताए ।
प्रतिक्रिया दिनुहोस्