३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


धनगढीको होटलमा विस्फोट, पाँचजना गम्भीर घाइते, पेस्तोल भेटियो


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन २ । कैलालीको धनगढी उपमहानगरपालिका–४, चटकपुरस्थित नीलम होटलमा बिहीबार साँझ विस्फोट हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।

घाइते सबैको धनगढी–३ स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

घाइते हुनेहरुमा बझाङका राम सिंह, कन्चनपुरको बेलौरी नगरपालिकाका लक्ष्मण सेरला, मोबिन खान, धनगढी–४, बोराडाडीका जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डे रहेका छन् ।

घटनास्थलमा एउटा पेस्तोलसमेत भेटिएको प्रहरीले जनाएको छ ।

धनगढीको सहिदगेटनजिकै रहेको उक्त होटलमा के विस्फोट भएको हो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।