२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पाइपलाइनमार्फत् डिजेल बाराको अमलेखगन्ज डिपोमा आइपुग्यो


0
Shares

प्रकाश लम्साल (इमेज)

बारा, साउन २ । भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइनमार्फत् बिहीबार पहिलोपटक पेट्रोलियम पदार्थ ल्याइएको छ ।

भारतीय आयल निगम (आइओसी)ले बुधबार मोतिहारी डिपोबाट पठाएको डिजेल बिहीबार दिउँसो अमलेखगन्ज डिपोमा आइपुगेको हो ।

दुई दिनअघि पानी पठाएर सो पाइपको फोहोर सफा गरिएको थियो ।

आयोजनाको औपचारिक उद्घाटनपछि नियमितिरुपमा पेट्रोलियम पदार्थ आउने जनाइएको छ ।

‘फ्लो’ मापन उपकरण र कम्प्युटर जडान गर्नेबाहेकका सबै काम पूरा भइसकेकाले यही साउन मसान्तभित्र नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा पाइपलाइन उद्घाटन गर्ने तयारी छ ।

मोतिहारीबाट ६९ किमिको दूरीमा पर्ने अमलेखगन्ज नेपाल–भारत सीमाबाट ३७ किमि टाढा पर्छ ।

भारत, बिहारको पटनादेखि अमलेखगन्जसम्मको पाइपलाइन २६८ किलोमिटर छ । सुरूमा डिजेलमात्र ल्याउने तयारी रहेको र पछि पेट्रोल र मट्टितेल पनि ल्याइने आयोजनाले जनाएको छ ।

तीन दशकयता नेपालको राष्ट्रिय परियोजनामध्ये समयमै काम सम्पन्न भएको यो एकमात्र पहिलो परियोजना हो ।