
काठमाडौं, साउन २ । ज्येष्ठ नागरिक ऐन २०६३ लाई संशोधन गर्न ल्याइएको विधयेकका केही प्रावधानहरु संशोधन हुनुपर्ने माग सरोकारवालाहरुले गरेका छन् ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त विधयेकले पनि ज्येष्ठ नागरिकको हक, अधिकार सुनिश्चित नगर्ने भन्दै संशोधनको माग गरिएको हो ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले छोरा–छोरीले आफ्नो पारिश्रमिकको निश्चित प्रतिशत बाबु–आमालाई दिनुपर्ने प्रावधानले सम्बन्धलाई फितलो बनाउने र छोरा–छोरीहरु दायित्वबाट पन्छिने बताए ।
उनले ज्येष्ठ नागरिकहरुको वर्गीकरणसमेत गर्न नहुने बताए ।
कार्यक्रमका अरु सहभागीहरुले ऐन बनाउने तर कार्यान्वयन नहुने गरेकोे भन्दै ठोस कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
ज्येष्ठ नागरिकहरुको स्याहारका लागि भन्दै खोलिएका स्याहार केन्द्रहरु लावारिस अवस्थामा रहेको गुनासो पनि उनीहरुले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्