१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


आरके मानन्धर संरक्षक पदमा नियुक्त


0
Shares

काठमाडौं, साउन २ । अन्तर्राष्ट्रिय पशुपति अन्नपूर्ण आश्रमले इमेज ग्रुप अफ कम्पनीज्का अध्यक्ष आरके मानन्धरलाई आश्रमको संरक्षक पदमा नियुक्त गरेको छ ।

बिहीबार त्रिभुवन विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा मानन्धरलाई आश्रमका अध्यक्ष प्रा. डा. जगदीश वैद्यले नियुक्तिपत्र प्रदान गरेका हुन् ।

यस्तै, इमेज ग्रुप अफ कम्पनीज्का उपाध्यक्ष इन्दिरा मानन्धर, कम्पनीका प्रमुख इन्जिनियर निर्मल प्रधानाङ्ग, शिवभक्त राजभण्डारी, केबि बस्नेतलगायतलाई प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ ।

उनीहरुले त्रिभुवन विश्वविद्यालय परिसरमा आश्रमले निर्माण गरेको सरस्वती मन्दिरको अवलोकन गरेका थिए ।