१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


लोकसेवा विज्ञापन खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन


0
Shares

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै खारेजीको मागसहित विभिन्न संघ–संस्थाले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

लोक सेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडी उनीहरुले प्रदर्शन गरेका हुन् । आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा भोलिदेखि सुरु हुँदैछ ।

‘आरक्षण बचाउ आन्दोलन’को नाममा गरिएको प्रदर्शनका कारण आयोग अगाडिको सडकमा केहीबेर तनाव भएको थियो । प्रदर्शनकारीले सडक छेकेर नाराबारी गरेका थिए ।

प्रदर्शनले तनावको अवस्था सिर्जना गरेपछि प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई हटाएको थियो ।

लोक सेवाको खुला विज्ञापनसँगै आदिवासी जनजाति महासंघलगायतका विभिन्न संघ–संगठनहरू रुष्ट छन् ।

अहिलेको विज्ञापन खारेज गर्दै समावेशी, समानुपातिक सिद्धान्तका आधारमा पुनः विज्ञापन गर्नुपर्ने उनीहरुको माग छ ।