प्यूठानमा वनबाट आम्दानी • Image Khabar Image Khabar


प्यूठानमा वनबाट आम्दानी


इमेजखबर
१० कार्तिक २०७७, सोमबार १७:२८

प्यूठानमा वनबाट आम्दानी

प्यूठान, कात्तिक १० । प्यूठानका कबुलियती वनले गरिबीको रेखामुनि रहेका उपभोक्ताको आयस्रोत वृद्धि गर्न मद्दत गरेको छ ।

उजाड डाँडा र झाडी भएर प्रयोगमा आउन नसकेको वनलाई ४० वर्षका लागि सरकारले स्थानीय उपभोक्तालाई हस्तान्तरण गरेपछि आम्दानी गर्न थालेका हुन् ।

स्थानीयले कबुलियती वनमा लगाएको अम्रिसो बिक्रीबाट वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी लिँदै आएका छन् ।

कबुलियती वनका उपभोक्ताले अम्रिसोको कुचो बिक्रीबाट चार लाख रुपैयाँसम्म आम्दानी लिने गरेका छन् ।

प्यूठानका दुई नगरपालिका र छ गाउँपालिकाका १९ वडामा कबुलियती वन लागू भएको छ । १८४ ओटा कुबिलियती वन समूह गठन भइसकेका छन् ।

कबुलियती वन लागू भएपछि डिभिजन वन कार्यालय प्यूठानले पाँच लाख ६१ हजार रुपैयाँ बराबरको ३३ हजार कागतीका बिरुवासमेत वितरण गरेर उनीहरुको कामलाई प्रोत्साहन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्