२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आर्थिक वर्षको पहिलो दिन नेप्सेको हरियो सिग्नल


0
Shares

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को पहिलो दिन पूँजी बजार दोहोरो अंकले बढ्यो ।

बुधबार शेयर बजार परिसूचक नेप्से करिब १६ अंकले बढेर १२ सय ७४ विन्दुमा पुग्यो ।

यसदिन होटल र वित्त समूह बाहेक अरु कारोबार भएका सबै समूहमा बृद्धि आयो । निर्जिवन बीमा समूह सबैभन्दा उच्च ५५ अंकले बढ्यो ।

जीवन विमा समूह ४९ अंकले, उत्पादनमूलक समूह ३५ अंकले, लघुवित्त समूह २६ अंक बराबरले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि करिब १७ अंकको सुधार आयो । यसदिन कारोबार परिमाणमा पनि सामान्य सुधार आयो ।

१ सय ६७ कम्पनीको १३ लाख ७५ हजार कित्ता शेयर ४२ करोड ६७ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।