Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


नेपालको वहुपक्षीय क्षेत्रमा लगानी गर्न जर्मनी इच्छुक


0
Shares

काठमाडौं । जर्मनीको परराष्ट्र सेवाका क्षेत्रीय आयुक्त मार्कस पोट्जेलले जर्मनी नेपालको वहुपक्षीय क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

नेपालको दुई दिने भ्रमणमा रहेका उनले जर्मन दूतावासमा पत्रकारसँग कुरा गर्दै जतिसक्दो चाँडो ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरुको आयोगले आफ्नो काम कारबाही अघि बढाउनुपर्ने बताए ।

उनले  परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, कानुनमन्त्री भानुभक्त ढकाल र सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग भेटवार्ता गर्नुका साथै केहि द्विपक्षीय समझदारीमा हस्ताक्षर पनि गरेको जानकारी समेत दिए ।