
बुटवल, साउन १ । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित नगर घोषणा गरिएको छ ।
बुधबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले नगरपालिकालाई प्लाष्टिक झोला निषेधित नगर घोषणा गरेका हुन् । उनले सहभागीहरुलाई प्लाष्टिक झोला प्रयोग नगर्ने संकल्प गराएका थिए ।
नगरपालिकाले २०७५ वैशाख १ गतेबाट प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन गर्दै आएको थियो । प्लाष्टिक झोलासँगै नगरपालिकाले प्लाष्टिकका कप, प्लेट, चम्चा पनि निषेध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्