१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


बाढीबाट विस्थापित परिवार घरबासविहीन, त्रिपाल ओढेर चौपायासँगै सुत्न बाध्य


0
Shares

-सञ्जय कार्की/ईमेज

रौतहट । दुई वर्षअघिको बाढीले सुकुम्बासी बनेका रौतहटको दुर्गाभगवती गाउँपालिका–५ बडहरका २ सय परिवार यसपटकको बाढीबाट वासविहीन बनेका छन् ।

घर भत्किएपछि बासविहीन बनेका उनीहरु त्रिपालमुनी पशुचौपायसँगै सुत्न बाध्य भएका हुन् ।

रौतहटको दुर्गाभगवती गाउँपालिका वडहरका २ सयभन्दा बढी परिवारका घरहरु भत्किएपछि उनीहरु बाग्मती नदीको तटमा त्रिपाल टाँगेर ओत लागेका छन् ।

त्रिपाल टाँगेर ओत लागे पनि पानी पर्ने बित्तिकै निथु्रक्क भिजिने र घाम लाग्दा पोल्ने गरेको उनीहरुको गुनासो छ ।

०७४ सालको बाढी र डुवानले सुकुम्बासी बनेका उनीलाई यसपटकको बाढी र वर्षाले झन् तहसनहस पा¥यो ।

घर भत्किएपछि अन्नपात, लताकपडा कामै नलाग्ने अवस्थामा पुगेका छन् । बालबच्चासहित त्रिपालमा रहेपनि उनीहरु चौपायाबस्तुसँगै सुत्नुपर्ने बाध्यता देखिन्छ ।

चारैतिर जलमग्न भएर घेरिएको उनीहरुको अस्थायी बसोबास नजिकै पानीको सतह घटेपछि प्रमुख जिल्ला अधिकारी सहितको टोली पुगेर मंगलबारबाट राहत बितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापा स्थानीय तहका सरकारले पनि विकासको नाममा बाटो घाटो मात्र नबनाई यस्ता विपत्बाट जोगिन पूर्वतयारी गर्नुपर्ने र उद्धार र राहतको काममा प्रभाविकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

बाग्मती तटबन्धमा अस्थायी बसोबास गरिरहेका उनीहरुको दैनिक जीवन कष्टकर बनेको हो ।

यस्तो अवस्थामा पनि जनप्रतिनिधिले सशक्त भूमिका निबार्ह गर्न नसकेकोप्रति उनीहको गुनासो छ ।

प्रदेश नम्बर २ प्रहरी कार्यालयको तथ्यांकअनुसार अहिलेको बाढी र डुबानबाट रौतहटमा मात्रै ४० हजार घरपरिवार विस्थापित बनेका छन ।