काठमाडौं । युरोपका चर्चित फुटबल क्लबहरु यतिवेला प्रि–सिजनको भ्रमणमा व्यस्त छन् ।
फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)ले प्रि–सिजनको पहिलो खेलमा जर्मनीको डाईनामो ड्रेसडेनलाई ६–१ ले पराजित गर्यो ।
पिएसजीको जितमा किलियन एम्बाप्पेको दुई गोल सामेल थियो । अर्का स्टार खेलाडी नेयमार भने टोलीमा सहभागी छैनन् ।
यसैगरी इङ्ल्याण्डको आर्सनलले अमेरिकाको कोलोराडो र्यापिड्सलाई ३–० ले हराउँदा अर्को इङ्लिस क्लब नटिङ्घम फरेष्टलाई ग्रिसको ओलम्पियाकोसले ३–० ले पराजित ग¥यो ।
मैत्रिपूर्ण फुटबलकै अर्को खेलमा पोर्चुगलको एफ.सी पोर्टोले इङ्ल्यान्डको फुल्हममाथि १–० को जित निकाल्यो ।








प्रतिक्रिया दिनुहोस्