
काठमाडौं, असार ३१ । आर्थिक वर्षको अन्तिम दिन मंगलबार पनि सेयरबजार सामान्य अंकले सकारात्मक रह्यो । यसदिन कारोबार भने खुम्चियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १२ सय ५९ पुग्यो ।
यसदिन कारोबार भएका सबै समूह सकारात्मक रहे ।
यसदिन होटल समूह सबैभन्दा उच्च ५६ अंकले उकालो लाग्यो । निर्जीवन बिमा समूह पनि दोहोरो अंकले बढ्दा अरु भने मात्र सामान्य अंकले हरियो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीका १९ लाख ५६ हजार कित्ता सेयर ३४ करोड ७२ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्