‘रअ’ प्रमुखलाई नभेटेको देउवाको प्रष्टोक्ति • Image Khabar Image Khabar


‘रअ’ प्रमुखलाई नभेटेको देउवाको प्रष्टोक्ति


Imagekhabar
६ कार्तिक २०७७, बिहीबार १६:१५

congress sherbahadur deuba corona government

काठमाडौं, कात्तिक ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई नभेटेको दावी गर्नुभएको छ ।

देउवाको सचिवालयले गोयललाई नभेटेको प्रष्ट पारेको हो ।

गोयलले देउवालाई भेटेको समाचार आएपछि सचिवालयले उक्त समाचारमा सत्यता नभएको भन्दै स्पष्ट पारेको हो ।

बुधबार दिउँसो काठमाडौं आएका रअ प्रमुख गोयल बिहीबार भारत फर्किसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्