चैतयता छापियो १० लाख चालक अनुमतिपत्र • Image Khabar Image Khabar


चैतयता छापियो १० लाख चालक अनुमतिपत्र


Imagekhabar
६ कार्तिक २०७७, बिहीबार १६:१३

चैतयता छापियो १० लाख चालक अनुमतिपत्र

काठमाडौं, कात्तिक ६ । यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको छ ।

विगतमा झण्डै आठ/नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी रहेकामा अहिले त्यो सकिँदै गएको विभागले जनाएको छ ।

पहिले वर्षाैँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था पूरै हटिसकेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो तीन/चार महिनामा आएका अनुमतिपत्र मात्रै छाप्न बाँकी छ ।

छापिएका सबै अनुमतिपत्र सम्बन्धित कार्यालयमा पठाइसकिएको उहाँले बताउनुभयो ।

सेवाग्राहीले नयाँ वा नवीकरण गरिएका अनुमतिपत्र सम्बन्धित कार्यालयमा पुगेर लिन सक्ने प्रवक्ता डाक्टर भुसालले जानकारी दिनुभयो ।

ेधाज्ञाका समयमा यातायात व्यवस्था कार्यालयबाट आएका झण्डै एक लाख अनुमतिपत्र छाप्न बाँकी रहेको प्रवक्ता भुसालले बताउनुभयो ।

अहिले आवश्यकतानुसार ‘मास प्रिन्टर’ बाट अनुमतिपत्र छपाइ भइरहेको छ ।

आवेदन दिएको तीन/चार महिनामा अनुमतिपत्र पाउन सक्ने गरी पठाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

विभागले गतवर्ष ‘मास प्रिन्टर’ खरिद गरेर सञ्चालनमा ल्याएसँगै त्यो समस्या हटेको छ ।

विभागले गतवर्ष नै ‘मास प्रिन्टर’सँगै १० लाख स्मार्ट कार्ड खरिद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्