
काठमाडौं, असार ३१ । लोकसेवा आयोगले सार्वजनिक गरेको विभिन्न पदका विज्ञापनको विषयलाई लिएर विभिन्न जातीय संघ–संस्थाले माइतीघर मन्डलामा विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार ‘आरक्षण बचाउ अभियान’को नेतृत्वमा गरिएको प्रदर्शनका सहभागीहरुले समानुपातिक समावेशी सिद्धान्तविपरीत विज्ञापन आएको भन्दै विरोध गरे ।
आयोगले उत्पीडित समुदाय र अपांगता भएकाहरुलाई विस्थापित गर्ने उद्देश्यले असमावेशी विज्ञापन प्रकाशन गरेको उनीहरुको आरोप थियो ।
आयोगले गएको जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा ९ हजारभन्दा बढीको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि विज्ञापन गरेको थियो ।
त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतलेसमेत आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन अनुमति दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्