तातोपानी नाका दशैंपछि सञ्चालनमा आउने • Image Khabar Image Khabar


तातोपानी नाका दशैंपछि सञ्चालनमा आउने


इमेजखबर
५ कार्तिक २०७७, बुधबार १७:३०

तातोपानी नाका दशैंपछि सञ्चालनमा आउने

सिन्धुपाल्चोक, कात्तिक ५ । तीन सातादेखि बन्द रहेको तातोपानी नाका दशैंपछिमात्र सञ्चालनमा आउने भएको छ ।

स्थानीयस्तरमा भएको अनौपचारिक छलफलमा चिनियाँ पक्ष नाका खुलाउन सहमत भएपनि आवश्यक तयारी गर्दा दशैंपछिमात्र नाका खुल्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

तीन महिना बन्द भएर गएको असोज १९ गते नाका खुलेर सामान ‘लोड’ गर्न चीनमा गएका सातजना नेपाली कामदारलाई कोरोना संक्रमण भएपछि सञ्चालनको दिनमै नाका बन्द भएको थियो ।

अब नाका सञ्चालनमा आएपछि चिनियाँ पक्षले नेपालमा नै सामान ल्याइदिने गरी तयारी थालिएको छ ।

नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने र त्यहाँबाट नेपालीले सामान लोड गरेर ल्याउने बताइएको छ ।

एक दिनमा सातओटासम्म कन्टेनर नेपाल ल्याइने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्