Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


राष्ट्रपतिबाट कोरोना कोषमा पारिश्रमिक र चाडपर्व खर्च प्रदान


0
Shares

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गर्नुभएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड –१९को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चवापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत बुधबार जानकारी दिनुभएको छ । रासस