१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


तरकारीको भाउमा ९३ प्रतिशतसम्म वृद्धि


0
Shares

काठमाडौं, असार ३० । अविरल वर्षापछिको बाढीका कारण भारतबाट आयात हुने तरकारीको भाउ आकाशिएको छ ।

तरकारीको भाउ एक हप्तामै ९३ प्रतिशतले वृद्धि भएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।

यही असार २३ गतेसम्म ४५ रुपैयाँ प्रतिकेजीमा पाइने चम्सुरको सागको मूल्यमा ९३ प्रतिशतले वृद्धि भइ असार ३० गते १४५ रुपैयाँ पुगेको छ ।

यस्तै, बन्दामा ५७ प्रतिशतले मूल्यवृद्धि भइ ३५ बाट ५५ पुगेको छ भने सानो गोलभेडाको मूल्यवृद्धि भइ ७५ रुपैयाँबाट बढेर ११५ रुपैयाँ पुगेको छ ।

बोडी, सिमी, लौका, तितेकरेला, फर्सी तथा भिन्डीलगायतका हरियो तरकारी तथा फलफूलको मूल्यमा पनि उच्च वृद्धि भएको उपभोक्ताको दुःखेको छ ।

निरन्तर परेको झरीका कारण तरकारी आयात हुन नसक्दा भाउ बढ्न पुगेको समितिले जनाएको छ ।