१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


‘विद्यालय पुनःनिर्माण गर्न जमिन अभाव’


0
Shares

काठमाडौं, असार ३० । जमिन अभावका कारण भूकम्पबाट क्षतिग्रस्त ३१ ओटा जिल्लाका ३०० विद्यालयको पुनःनिर्माण हुन नसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

सो इकाइले सोमबार काठमाडौंमा कार्यक्रम गरी काठमाडौं उपत्यकामामात्र ६१ ओटा विद्यालयको पुनःनिर्माण हुन नसकेको जनाएको हो । जसमा भक्तपुरमा २६, काठमाडौंमा २५ र ललितपुरमा १० ओटा विद्यालय रहेका छन् ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का प्रमुख इमनारायण श्रेष्ठले विद्यालय पुनःनिर्माण गराउन नेपाल सरकारले जमिन उपलब्ध गराउने प्रावधान नभएको बताए ।

कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरका प्रधानाध्यापकहरुले विद्यालयहरुको आफ्नो जमिन नभएको तथा जमिन भएपनि लालपुर्जा नभएका कारण पुनःनिर्माण गर्न नसकिएको बताएका थिए ।