२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


संसारबाटै सकिंदैछ सुन, भण्डार रित्तिने संकेत


0
Shares

काठमाडौं । अहिले सुनको भाउ दिनानुदिन बढ्दै गइरहेको पाउन सकिन्छ । यस्तै सुनको प्रयोग पनि अहिले उत्तिकै बढ्दै गएको छ ।

अब सोचौं, यदि विश्वमा सुन रित्तिएमा के होला ? विशेषज्ञहरूले पछिल्लो केही समयदेखि सुनको भण्डार रित्तिने कुरा उठाउँदै आएका छन् ।

विश्व सुन परिषद्को एक रिपोर्टका अनुसार सन् २०१९ मा करिब ३ हजार ५ सय ७१ टन सुनको उत्खनन् गरिएको थियो । विश्व सुन परिषद्का अनुसार आगामी वर्षहरूमा सुनको उत्खनन् घट्दै जानेछ ।

त्यसैगरी, विश्व सुन परिषद्का अनुसार हाल जमिनमुनी रहेको लगभग ५४ हजार टन सुनको उत्खनन् हुन् बाँकी छ । यो मात्रा भनेको हालसम्म निकालिएको सुनको जम्मा ३० प्रतिशत हो ।

अर्थात् ७० प्रतिशत सुन अहिले प्रयोगमा आइसकेको छ । यसैगरी एक ग्लोबल कम्पनी गेल्डमेन सेशका अनुसार सन् २०३५ सम्म विश्वको सुन सकिने सम्भावना रहेको छ । त्यसैगरी बीबीसीको रिपोर्टका अनुसार वैज्ञानिकहरूले अब चन्द्रमामा समेत सुनको सम्भावना देखेका छन् । साँघु साप्ताहिकबाट