२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाली बजारमा अब ३४ लाख ५० हजार रुपैयाँको नयाँ बाइक


0
Shares

काठमाडौं । स्पोर्ट्स बाइकिङका लागि उपयुक्त मानिने होन्डा सीबीआर ६०० आरआर नेपाली बजारमा भित्रिएको छ ।

नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले यो बाइक नेपाल भित्र्याएको हो ।

६ स्पिड गियरबक्स यो बाइकको टप स्पिड २५० किमी प्रतिघन्टा छ । बाइकको मूल्य ३४ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

चार सिलिन्डर लिक्विडकुल इन्जिन रहेको सीबीआर ६०० आरआर मा ५९९ सीसीको इन्जिन रहेको छ ।

६६ एनएम टर्क र १२० एचपी पावर भएको सो बाइकलाई ० देखि १०० किभी प्रतिघन्टा पुग्नलाई मात्र ३.१ सेकेन्ड लाग्छ ।