२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


कपिलवस्तु नगरपालिकाको बजेट ८९ करोड ४१ लाख २५ हजार


0
Shares

बासुदेव बर्मा

कपिलवस्तु, असार २९ । कपिलवस्तु नगरपालिकाको पाँचौ नगर सभाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ८९ करोड ४१ लाख २५ हजार रुपैयाँ बजेट पारित गरेको छ ।

तौलिहवामा सम्पन्न परिषदमा पुँजीगत खर्चतर्फ ४० करोड ५० लाख ७० हजार र चालु खर्चतर्फ ४८ करोड ५० लाख ५५ हजारको बजेट पारित भएको हो ।

सभामा प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले आगामी वर्षको बजेट प्रस्तुत गरेका थिए । उनले बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, महिला विकास, सामाजिक समावेशीकरणका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।

सभाले आर्थिक विधेयक २०७६, विनियोजन विधेयक २०७६, कर तथा गैर कर राजश्व सम्बन्धी विधेयक २०७६ र कपिलवस्तु नगरपालिकाको सार्वजनिक खरिद नियमावली २०७६ सर्वसम्मत पारित गरेको छ ।

सो अवसरमा नगरप्रमुख किरण सिंह र प्रमुख प्रशासकीय अधिकृत आचार्यले जिल्ला र नगरको विकासमा योगदान गरेका सञ्चारकर्मी मनोज कुमार श्रीवास्तव र भुपाल थापालाई जनही नगद १० हजार पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका थिए ।