
काठमाडौं, असार २९ । मेलम्ची आयोजनाको सुन्दरीजल क्षेत्रमा कामदारले काम रोकेका छन् ।
पुरानो तलब नदिएसम्म काम नगर्ने यसअघिको चेतानवीपछि पनि सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै आइतबारदेखि उनीहरुले काम ठप्प पारेका छन् । यसअघि खानेपानी मन्त्रालयका सचिवले १५ दिनभित्र पुरानो तलब दिने प्रतिबद्धता जनाएपछि उनीहरुले काम गर्दै आएका थिए ।
सरकारले आफूलाई आश्वासनमात्रै दिएको तर पुरानो दिनुपर्ने तलब नपाएको भन्दै उनीहरुले बाध्यताबस काम रोक्नुपरेको बताएका छन् । सुन्दरीजल क्षेत्रमा ६० जनाले काम गर्दै आएका छन् ।
आयोजनाको ठेक्का तोडेर इटालियन कम्पनी सिएमसी भागेपछि दुई महिनाको तलब उनीहरुले पाएका छैनन् । उक्त तलब पाउनुपर्ने भन्दै कामदार आन्दोलित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्