
काठमाडौं, असार २९ । विदेशमा काम गरी फर्किएर स्वदेशमा उद्यम व्यवसाय गरेका ६ जना उद्यमीहरुलाई सम्मान गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार मन्त्रालयमा कार्यक्रम गरी उनीहरुलाई नगदसहित सम्मान गरेको हो । सम्मानित हुनेमध्ये नवराज पौड्याललाई नगद १ लाखसहित उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कार प्रदान गरिएको छ ।
पौड्यालले दुबईमा रोजगारी गरेर फर्किएपछि कान्तिपुर पोल्ट्री ब्रिडिङ फर्म संचालन गर्दै आएका छन् ।
यस्तै, नगद ५० हजारसहित दिपक चापागाई, निरबहादुर राउत, एक बहादुर सिङ्ताङ, मनोज कुमार भारती उद्यमी पुरस्कारबाट सम्मानित भएका छन् ।
यसैगरी शर्मिला अधिकारी, त्रिलोक पनेरु पनि जनही ५० हजारसहित सम्मानित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्