१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


शेयर बजारमा झिनो सुधार


0
Shares

काठमाडौं, असार २९ । आइतबार शेयर बजार परिसूक ‘नेप्से’ सामान्य अंकले हरियो रह्यो भने कारोबार न्यून रह्यो ।

उतार चढावबीच नेप्से एक अंक बराबरले सकारात्मक रहेर १२४९.४९ कायम भएर थामियो । कारोबार भएकामध्ये आधाभन्दा बढी समूह हरियो रहे ।

जीवन बीमा र होटल समूह दोहोरो अंकले उकालो लागे । विकास बैंक, अन्य, लविद्युत र सामूहिक लगानी कोष समूह सामान्य अंकले हरियो रहे ।

वाणिज्य बैंक, वित्त, उत्पादनमूलक, लघुवित्त र निर्जीवन बीमा कम्पनी सामान्य अंकले रातो रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीको १० लाख ४२ हजार कित्ता शेयर २८ करोड ५२ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।