२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


बालबालिकाको क्षेत्रमा कलम चलाउने १० संचारकर्मी पुरस्कृत


0
Shares

काठमाडौं, असार २९ । बालबालिकाको क्षेत्रमा कलम चलाउने १० जना पत्रकारलाई पुरस्कृत गरिएको छ ।

राजधानीमा आज भएको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उनीहरुलाई बाल संवेदनशील पत्रकारिता पुरस्कारबाट सम्मान गरेकी हुन् । पुरस्कृत हुनेहरुमा रेडियोतर्फ उज्यालो एफएमका रमा खड्का र रेडियो सप्तकोशीका रुमा रिजाल रहेका छन् ।

यसैगरि टेलिभिजनतर्फ नेपाल टेलिभिजनका रुकुम संवाददाता धनबीर दाहाल र उपत्यका बाहिरका टेलिभिजनबाट कोपिला पोखरेल र धनमाया भुषाललाई संयुक्त रुपमा पुरस्कृत गरियो ।

छापा माध्यमतर्फ नागरिक दैनिकका हिमाल लम्साल र राष्ट्रिय समाचार समितिका प्रकाश सिलवाल तथा मोफसलको छापा माध्यमतर्फ पनि नागरिक दैनिककै ताप्लेजुङ्ग संवाददाता खगेन्द्र अधिकारीलाई पुरस्कृत गरियो ।

यस्तै कार्यक्रम प्रस्तोतातर्फ सीआईएनकी सोभिता रिसाल र रेडियो कान्तिपुरकी शर्मिला खनाललाई सम्मानित गरियो । ५० हजार रुपैयाँ राशीको बाल संवेदनशिल सामुदायिक रेडियो पत्रकारिता पुरस्कार रेडियो बाजुरालाई प्रदान गरियो ।

कार्यक्रममा मन्त्री थापाले बलाबालिकाको हक अधिकारको सम्बन्धमा मन्त्रालयले केही पनि गर्न नसकेको स्वीकार्दै कानुन निर्माणको काम भईरहेको बताइन् ।