१३ आश्विन २०८०, शनिबार | Sat Sep 30 2023


कन्चनपुरका अटो व्यवसायी आन्दोलित


0
Shares

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, साउन २ । भीमदत्त नगरपालिकाले दोहोरो कर उठाएको भन्दै कन्चनपुरका अटो व्यवसायी आन्दोलनमा उत्रेका छन् ।

यातायातमा कर तिर्दै आएकोमा नगरपालिकाले दोहोरो कर लगाएको भन्दै बुधबार उनीहरुले अटोसहित नगरपालिका घेराउ गरेका हुन् ।

नगरपालिकाले अटो व्यवसाय र ठेला चलाएर दैनिक गुजारा चलाउने मजदुरसँग चर्को कर उठाएर मारमा पारेको उनीहरुको गुनासो छ ।

२० रुपैयाँ कर तिर्दै आएकालाई नयाँ आर्थिक वर्षदेखि दोब्बर बनाएकाले आन्दोलित हुनुपरेको अटो व्यवसायीले बताए ।

यातायात कार्यालयमा रुट परमिट लिएपनि नगरपालिकाले सडक करका नाममा अरु कर थपेको उनीहरुको भनाइ छ ।

नगरपालिकाले सहुलियत नदिए आन्दोलन चर्काउने र अदालतसम्म जाने व्यवसायीको चेतावनी छ ।

भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहले भने दोहोरो कर नलिएको दाबी गर्दै सडक प्रयोग गरेबापत अनिवार्यरुपमा कर तिर्नुपर्ने बताइन् ।

कन्चनपुरमा हाल १५ सयको हाराहारीमा अटो सन्चालनमा छन् ।