‘प्रहरी–समुदाय साझेदारी’मा चन्द्रागिरि नगरपालिका उत्कृष्ट • Image Khabar Image Khabar


‘प्रहरी–समुदाय साझेदारी’मा चन्द्रागिरि नगरपालिका उत्कृष्ट


रासस
३० आश्विन २०७७, शुक्रबार २०:३२

‘प्रहरी–समुदाय साझेदारी’मा चन्द्रागिरि नगरपालिका उत्कृष्ट

काठमाडौं, असोज ३० । नेपाल प्रहरीले सुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ कार्यान्वयनमा चन्द्रागिरि नगरपालिका उत्कृष्ट भएको छ ।

प्रहरीले २०७५ कात्तिक ११ देखि सुरु गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा काठमाडौंको चन्द्रागिरि नगरपालिका देशभरका स्थानीय तहमध्ये उत्कृष्ट भएको हो ।

देशभर ७५३ स्थानीय तह रहेका छन् ।

शुक्रबार ६५औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई पुरस्कारसहित सम्मान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्