गाउँपालिका अध्यक्षमाथि कुटपिट गर्नेलाई कारबाहीको माग • Image Khabar Image Khabar


गाउँपालिका अध्यक्षमाथि कुटपिट गर्नेलाई कारबाहीको माग


रासस
३० आश्विन २०७७, शुक्रबार १९:४४

congress question to primeminister oli on dr kc hunger strike

काठमाडौं, असोज ३० । नेपाली कांग्रेसले पार्टीको जिल्ला कार्यसमिति, बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिटको घटनामा संलग्न व्यक्तिको तत्काल खोजी गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार वक्तव्यमार्फत् अध्यक्ष विष्टलाई निर्घातरुपले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाको दुई दिन बितिसक्दा पनि कुनै कारबाही नगरेको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

गाउँपालिका मुकामको सामान्य विषयलाई लिएर जनप्रतिनिधिमाथिको आक्रमणमा संलग्न व्यक्तिको तत्काल खोजी गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्