 
	    काभ्रे, असोज ३० । पाँचखाल नगरपालिकाले कोरोनाभाइरसबारे समुदायमा जनचेतना जगाउन विद्यार्थी र शिक्षकलाई १५ दिन बिदा दिने निर्णय गरेको छ ।
यसअघि यही असोज ४ गतेबाट स्वास्थ्य सुरक्षाका मापदन्ड पालना गरी नगरभित्रका विद्यालय सञ्चालन भएका थिए ।
कात्तिक १ देखि १५ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई बिदा दिइएको हो ।
बिदामा आफ्नो घर र समुदायमा कोरोनाबारे जनचेतनामूलक काम गर्नुपर्ने नगर शिक्षा शाखाका प्रमुख दिनानाथ पन्थीले जानकारी दिनुभयो ।
दसैंको बेलामा समुदायमा धेरै व्यक्तिहरुको आउ-जाउ हुने भएकोले केही हदसम्म भएपनि सुरक्षाबारे जनचेतना फैलाउन सकिन्छ कि भनेर उक्त कार्यक्रम सुरु गरिएको नगरप्रमुख महेश खरेलको भनाइ छ ।
१५ दिनको अवधिमा शिक्षक र विद्यार्थीले आफ्नो घरको सरसफाइ, व्यक्तिगत सरसफाइ, समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम, धेरै भेटघाट नगर्ने वातावरण बनाउन सहजीकरण गर्नेछन् ।
विद्यार्थीहरुले कोरोनाबाट बच्नका लागि निर्वाह गर्नुपर्ने भूमिकाकोबारेमा सचेत गराउने र शिक्षकहरुले विद्यार्थीहरुको निगरानी राख्नेलगायतका काम गर्ने नगरपालिकाले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्