२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


राप्तीको भेल बस्तीतर्फ बढ्यो


0
Shares

विवेक खड्का (इमेज)

दाङ, असार २८ । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढी दाङको देउखुरीका विभिन्न बस्तीतर्फ सोझिएको छ ।

शनिबार लमही–कोइलावास सडकको कालोपत्रे नाघेर बाढी वारपार भएको छ । बाढीका कारण सवारी आवागमन अवरुद्ध भएको जनाइएको छ ।

सुरक्षाकर्मीको टोली त्यस क्षेत्रमा उद्धारकार्यमा खटिएको छ ।

अविरल वर्षाका कारण लमही नगरपालिका वडा नम्बर–५ का रिमा नेपालीको एउटा घर भत्किएको छ ।

दाङका अरु स्थानीय खोलाहरुमा आएको बाढीले तुलसीपुर–घोराही–लमही सडकखन्ड अवरुद्ध भएको छ ।

तुलसीपुर–घोराही सडकखन्डको गुर्जेखोलामा आएको बाढीले यातायातका साधन चल्न नसकेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समिति दाङकाअनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करिब साढे ७०० जनालाई तयारी अवस्थामा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पहिरोको जोखिम रहेको भन्दै सतर्क रहन जिल्लावासीलाई आग्रह गरेका छन् ।