
सर्लाही, असार २८ । अविरल वर्षाका कारण सर्लाहीको सदरमुकाम मलंगवासहित दक्षिणी भेगका अधिकांश भू–भाग डुबानमा परेका छन् । डुबानमा परेपछि सयौँ परिवारको बिचल्ली भएको छ ।
खोलाको बाढी र वर्षाको भेलले धनकौल, बसबरिया, बरहथवा, रामनगर, ब्रम्हपुरीलगायतको क्षेत्रमा दर्जनौं बस्तीमा कटान र डुबानको समस्या देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए ।
उनकाअनुसार पानी पर्नेक्रम नरोकिएकाले उद्धार तथा कटान रोक्नका लागि सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्नसमेत कठिनाइ भइरहेको छ ।
अविरल वर्षाले वाग्मती, लखन्देही, मनुष्मारा, बाँके, फूलजोर, कालिन्जोरलगायतका खोलामा ठूलो बाढी आएको छ । बाढीले ठाउँ–ठाउँमा खेतबारी कटान गरेको छ ।
हुलाकीसहित सर्लाहीका भित्री सडकहरु जलमग्न भएका छन् ।
प्रतिक्रिया दिनुहोस्