
भोजपुर, असार २८ । भोजपुरको रामप्रसाद राई गाउँपालिका –५ मानेभञ्याङको तुनिटाङमा शनिबार बिहान गएको पहिरोमा एक घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ३६ वर्षीय मानकुमारी राई, १७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयवासीबाट उनीहरुको उद्धारको प्रयास भइरहेको छ । पहिरो पन्छाउन गाउँपालिकाबाट गएको स्काभेटर सडक बिग्रेका कारण पुग्न नसकेपछि फर्किएको गाउँपालिका अध्यक्ष विजय राईले बताए । (रासस)
प्रतिक्रिया दिनुहोस्