
काठमाडौं । दन्त रोग बिशेषज्ञ डा. बुद्धिमान श्रेष्ठले आफ्नो पहिलो गीतले सफलता पाएपछि त्यसकै सिक्वेल ‘बैगुनी २’ लिएर आएका छन् ।
यसअघि डा. श्रेष्ठले गाएको ‘रेलले तान्यो र बैगुनी छौ भन्ने कस्ले जान्यो र’ बोलको गीतले चर्चा कमाएपछि डा. श्रेष्ठको दोश्रो गीत ‘बैगुनी २’ ‘सितल छाँयालाई..’ सार्बजनिक गरेका हुन् ।
पछिल्लो समय गीतसंगीतको क्षेत्रमा समेत अग्रसर भएका डा. श्रेष्ठको दोश्रो गीत ‘बैगुनी २’ ‘सितल छाँयालाई..’ सार्बजनिक गरेका हुन् ।
बादल घिमिरेको शब्द संगीत रहेको गीतमा डा.श्रेष्ठ र मेलिना राईको स्वर रहेको छ ।
म्युजिक भिडियोमा पछिल्लो समय चर्चाको शिखरमा रहेका नायक पल शाह र प्रियना आचार्य मुन्नीको दमदार अभिनय रहेको छ ।
यसअघि डा। श्रेष्ठले गाएको ‘रेलले तान्यो र बैगुनी छौ भन्ने कस्ले जान्यो र’ बोलको गीतले युटुबमा ६६ लाख ओभर भ्युअर पाईसकेको छ ।
श्रेष्ठ कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष तथा विएम फाउन्डेशनका अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्