२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


देशका विभिन्न स्थानमा आज पनि वर्षा


0
Shares

काठमाडौं, असार २८ । देशका विभिन्न भागमा आज पनि भारी वर्षा भइरहेको छ ।

विशेषगरी मुलुकका पूर्वी तथा मध्य क्षेत्रका अधिकांश स्थानमा वर्षा भएको छ । काठमाडौंमा भने आंशिक वर्षा भएको छ ।

बिहीबारदेखि सुरु भएको भारी वर्षा आइतबारसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबारसम्म पानी परिरहने भएकोले नदी किनार आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि मौसम विभागले आग्रह गरेको छ ।

भारी वर्षाका कारण कतिपय ठाउँमा बाढी र पहिरो आएको छ । मध्य तथा पूर्वी पहाडी र तराईका क्षेत्रमा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । 

पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भागका केही स्थानमा र पश्चिमी भागको तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।