
उदयपुर, असार २८ । उदयपुरको बेल्हा–त्रियुगा नदीमा आएको बाढी चौदण्डीगढी नगरपालिका–५ बेल्हा गाउँको बाँध फुटाएर बस्तीमा पसेको छ ।
चार दिनदेखिको लगातारको वर्षाले आएको बाढीले बेल्हालगायत आसपासका बस्ती डुबानमा परेको हो ।
गाउँमा बाढी पसेपछि सयौँ बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । त्रियुगा र द्वार खोलामा आएको बाढीले बेल्हा गाउँको स्कुल टोल नै डुबाएको छ ।
प्रतिक्रिया दिनुहोस्