Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


मलेसियाद्वारा नेपाललाई १२९ रनको लक्ष्य


0
Shares

काठमाडौं, असार २८ । नेपाल र मलेसियाबीच जारी टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले १२९ रनको लक्ष्य पाएको छ ।

दुईवटा टि–ट्वेन्टी म्याचको शृंखला अन्तर्गत शनिबार बिहान भएको पहिलो खेलमा मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको हो ।

मलेसियाका लागि विरानदीप सिंहले सर्वाधिक ५७ रन बनाएका थिए । त्यस्तै, अहमेद फैजले ४५ र फित्री शामले १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि करन केसीले चार ओभर बलिङ गर्दै २७ रन दिएर तीन विकेट हात पारे । त्यस्तै सन्दीप लामिछाने र बसन्त रेग्मीले दुई/दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हासिल गरे ।