
काठमाडौं, असार २७ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । केही बेपत्ता भएका छन् ।
शुक्रबार काठमाडौंको मूलपानीमा पहिरोले पुरिएर तीनजनाको मृत्यु भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६, बाबाचोकमा बाराका ३५ वर्षीया शर्मिला यादव, उनका १० वर्षीय छोरा कुन्दन यादव र नितु यादवको मृत्यु भएको हो ।
बलराम खतिवडाको बन्दै गरेको घरको पर्खाल भत्किएर पुरिँदा उनीहरुको मृत्यु भएको जनाइएको छ ।
नेपाली सेना र नेपाल प्रहरीले स्काभेटर प्रयोग गरेर शव निकालेका थिए ।
सो घटनामा जियालाल यादव घाइते भएका छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्