काठमाडौं, असार २७ । नेपाली महिला फुटबल टोलीले फुटबलको सर्वोच्च निकाय ‘फिफा’को वरीयतामा सुधार गरेको छ ।
फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।
निरन्तर वरीयतामा सुधार गर्दै आएको नेपाल नयाँ वरीयताअनुसार १०१औं स्थानमा रहेको छ ।

एसियाको वरीयतामा भने नेपाल २१औं स्थानमा रहेको छ ।
यस्तै, दक्षिण एसियाको वरीयतामा नेपाल दोस्रो स्थानमा छ । नेपालअघि भारत ५७औं स्थानमा छ । बंगलादेश १३०औं, श्रीलंका १३६औं, माल्दिभ्स १३९औं र भुटान १५४औं स्थानमा रहेका छन् ।
नयाँ वरीयतामा विश्वकप विजेता अमेरिका शीर्ष स्थानमा छ । जर्मनी दोस्रो, नेदरल्यान्ड्स तेस्रो, फ्रान्स चौथो तथा इंग्ल्यान्ड पाँचौं स्थानमा रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्