२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


चर्चिल कम्प्लेक्सको पार्किङ क्षेत्र डुबानमा, सिंहदरबारको पर्खाल भत्कियो (भिडियो)


0
Shares

दीपक श्रेष्ठ र योगेश लामा (इमेज)

काठमाडौं, असार २७ । अविरल वर्षाका कारण राजधानीमा पनि जनजीवन अस्तव्यस्त भएको छ ।

राजधानीका सडकहरुमा पानी जमेर आवागमनमा व्यवधान उत्पन्न भएको छ ।

जमल क्षेत्र पूरै जलमग्न हुँदा सवारी–साधनलगायत पैदलयात्रीहरुलाई बाटो हिँड्न कठिनाइ भएको छ ।

यस्तै, काठमाडौं महानगरपालिकाका धेरैजसो क्षेत्रमा ढलको उचित व्यवस्थापन नहुँदा ठूलो पानी पर्नासाथ समस्या आउने गरेको छ ।

महानगरपालिका कार्यालयको ‘नाकै’मुनि रहेको ‘चाइना टाउन’स्थित चर्चिल कम्प्लेक्सको पार्किङ क्षेत्र डुबानमा परेको छ । यस कम्प्लेसमा व्यापार गर्नेहरु नाक थुनेर बस्न बाध्य छन् ।

लगातारको भरीका कारण उपत्यकाका नदीहरुमा पानीको सतह पनि निकै बढेको छ ।

वाग्मती, विष्णुमती, इच्छुमती, धोबीखोला, मनोहरालगायतका नदीहरुमा पानीको सतह बढेको हो ।

लगातारको झरीले शुक्रबार सिंहदरबारको पूर्वी ढोकानजिकै पर्खालसमेत भत्किएको छ । पर्खाल भत्कँदा एकजना पैदलयात्री सामान्य घाइते भएका छन् ।

पर्खाल विस्तारै ढल्दै गरेको देखेपखि आफूले कराएपछि पैदलयात्री भागेर बाँच्न सफल भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

भिडियो हेर्नुहोस्