३७ किलो खान अयोग्य कुखुराको मासु बरामद • Image Khabar Image Khabar


३७ किलो खान अयोग्य कुखुराको मासु बरामद


Imagekhabar
३० जेष्ठ २०७५, बुधबार ०५:०६

३७ किलो खान अयोग्य कुखुराको मासु बरामद

नृपराज हमाल (इमेज):

हुम्ला, जेठ ३० । हुम्ला सदरमुकाम सिमकोटको एउटा मासु पसलबाट बुधबार ३७ किलो खान अयोग्य कुखुराको मासु बरामद गरिएको छ ।

गाउँपालिकाबाट खटिएको अनुगमन टोलीले नेपालगन्जबाट हवाईजहाजमार्फत् सिमकोट भित्र्याइएको खान अयोग्य बोइलर कुखुराको ३७ किलो मासु बरामद गरी नस्ट गरेको हो ।

सिमकोट गाउँपालिका र स्थानीय प्रशासनको संयुक्त टोलीले सिमकोटमा रहेका १७ ओटा मासु पसलमा अनुगमन गर्दा शान्ति फ्रेस हाउसबाट सो मासु बरामद गरेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए ।

पहिलोपटक भएकाले चेतावनीमात्र दिएको र अबका दिनमा पनि दोहरिएमा दर्ता खारेज गर्ने सिमकोट गाउँपालिकाले जनाएको छ ।

अनुगमनकाक्रममा १३ ओटा पसलले दर्ता नै नगरी मासु बिक्री गरिरहेको पाइएको छ । दर्ता नभएकालाई तीन दिनभित्र दर्ता गर्न गाउँपालिकाले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्