
मुग्लिन, असार २७ । पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
मुग्लिन–नौबिसे सडकखन्डअन्तर्गत् चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि शुक्रबार दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध भएको हो ।
डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी–साधनहरू बीचबाटैमा रोकिएका छन् ।
सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक–पटक सडक अवरुद्ध गर्दै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्