२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


जनकपुर बजार क्षेत्र जलमग्न


0
Shares

जनकपुर । अबिरल वर्षाका कारण प्रदेश २ को राजधानी जनकपुर उपमहानगरपालिकाका बजार क्षेत्रसहित अधिकांश वडा डुबानमा परेका छन् ।

उपमहानगरपालिकाको लापरवाहीका कारण सडक निर्माणले पुरिएका ढल तथा नाला सफा नगरिँदा बजार क्षेत्रसहित अधिकांश वडा डुबानमा परेका हुन् ।

उपमहानगरपालिकाभित्रका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।

उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ७, ८, १० र ११, १४ लगायतका वस्ती डुबेका हुन् ।

एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन नगरेका कारण पानीको निकास हुन नसकेकाले नगर क्षेत्र डुवानमा परेको बताइएको छ ।